Events and News

महामहिम राजदूत डा. अन्जान शाक्य “DIPLOMAT OF THE YEAR 2020” अवार्डबाट सम्मानित हुनुभएको छ। The Ambassador’s Club of Israel ले एक कार्यक्रमको आयोजना गरी वहाँलाई सो अवार्डले सम्मान गरेको हो। अवार्ड केही महिना अघि नै घोषणा गरिएको भएपनि कोरोना महामारीका कारण वितरण भने गरिएको थिएन। Read More…

नेपाल-ईजरायलबीच सांस्कृतिक पुलको काम गरिरहेको हिब्रु भाषाको सुपरहिट गीत Nepal Far Away का सिर्जनाकारत्रय Gali Atari, Ariel Zilber र Rachel Shapira लाई दुई देशबीच कूटनैतिक सम्बन्ध स्थापना भएको ६० औं बर्षगाँठको अवसरमा नेपाली राजदूतावास, तेल अबिबले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ।कलाकारत्रयलाई ईजरायली संस्कृति तथा खेलकुद मन्त्री H.E. Chili Tropper तथा ईजरायलका लागि नेपाली महामहिम राजदूत डा. अन्जान शाक्यले स‌ंयुक्त रुपमा खादा तथा प्रमाणपत्रले सम्मान गर्नुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्रीज्यूले………

ईजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था MASHAV को तत्वावधानमा ईजरायली कृषि प्रविधि नेपालमा भित्र्याउने उद्देश्यले नेपालमा Agricultural Center of Excellence स्थापना गर्नेसम्बन्धी समझदारीपत्र (Memorandum of Understanding-MoU) मा समेत नेपाल र ईजरायलबीच आजै हस्ताक्षर सम्पन्न भएको छ। सो समझदारीपत्रमा समेत नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यज्यूले Read More…

नेपाली राजदूतावास, तेल अबिब ले २०१९ फेब्रुअरी देखि २०२० को अन्तसम्म गरेका केहि कामहरु समावेश गरी यो फाईल तयार गरिएको हो । पुरा हेर्नका लागि यहाँ क्लिक गर्नुहोला।

नेपाल सरकार तथा ईजरायल सरकारबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। फलस्वरूप, अब उप्रान्त नेपाल वा ईजरायलमध्ये कुनै राष्ट्रको कूटनैतिक राहदानी बाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि जाँदा प्रवेशाज्ञा लिनु नपर्ने भएको छ। ईजरायलको परराष्ट्र मन्त्रालय, जेरुसलेममा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट महामहिम राजदूत डा. अन्जान शाक्यज्यूले तथा ईजरायल सरकारको तर्फबाट Read More…