Power of Attorney

अधिकृत वारेसनामा (Power of Attorney) 

आफ्नो नाममा दर्ता रहेको वा स्वामित्वमा रहेको घरजग्गा वा अन्य चल अचल सम्पत्ती विक्री वितरण वा अन्य लेनदेन वा लिखत रजिष्ट्रेशन पारित गर्ने, अंशवण्डा गर्ने वा सम्बन्ध बिच्छेद गर्नको लागि आफुमा रहेको हक वा अधिकार घरका अन्य सदस्य वा अन्य जो कोहीलाइ हस्तान्तरण गर्न वा अदालतमा बहर पैरवी गर्न वारेस खटाउन यस दूतावासबाट प्रमाणीत गरिने अधिकृत वारेसनामाका लागि देहायबमोजिमको प्रक्रिया पुरा गर्नु पर्दछ।

  • अधिकृत वारेसनामा दिने व्यक्तिद्वारा व्यहोरा खुलाई दूतावासको नाममा निवेदन पेश गर्नुपर्नेछ ।
  • नेपालको अदालती प्रचलनमा रहेको कानुनी प्रक्रियाअनुसार २ जना किनारा साक्षी बस्ने व्यक्तिको नाम र हस्ताक्षर सहितको नेपाली कागजमा तयार गरिएको २ प्रति लिखत – अधिकृत वारेशनामा
  • अधिकृत वारेसनामा लिखतमा लिने व्याक्तिको फोटो टांस गरी ल्याप्चे लगाइ हस्ताक्षर समेत गर्ने
  • अधिकृत वारेशनामा लिनेको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र दिनेको नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपिका साथै साक्षीको नागरिकता प्रतिलिपी ।
  • निवेदकको नाममा दर्ता रहेको घरजग्गा वा सम्पत्तीको प्रमाणपत्र प्रतिलिपिको प्रमाणित गरिएको प्रति वा सक्कल ।
  • सम्बन्ध बिच्छेदको हकमा बिवाह दर्ता प्रमाणपत्र वा जिल्ला प्रशासन कार्यालयबाट जारी विवाह भएको सिफारिश पत्र ।
  • अधिकृत वारेशनामा दिने र लिने दुवैको हालसालै खिचिएको २-२ प्रति पासपार्ट साइजका फोटाहरु
  • शुल्क सेकेल ८००।०० (साईप्रसमा रहनुहुने नेपाली नागरिकहरुका लागि अ.ड. २००।०० शुल्क लाग्नेछ। आवश्यक रकम तथा कागजातहरु साईप्रसका लागि नेपालका अवैतनिक वाणिज्यदूतावासमा पेश गर्नुपर्नेछ।)