Attestation

  • कागजात प्रमाणीकरण

 नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गरिएको कागजातहरु सम्बन्धितलाई आवश्यक परेमा यस राजदूतावासबाट प्रमाणीकरण गरिने छ । सो का लागि निम्नानुसारका कागजात पेश गर्नुपर्ने छ ।साथै यस दूतावासबाट उक्त कागजातको आधिकारिकता बुझेपश्चात मात्र प्रमाणीकरण गरिनेछ ।

    • कुन कुन कागजात प्रमाणित गर्ने हो सो उल्लेख गरिएको निवेदन
    • प्रमाणीकरण गर्नुपर्ने परराष्ट्र मन्त्रालयबाट प्रमाणित हरेक कागजातको सक्कल तथा प्रतिलिपि ।
    • शुल्क प्रति कागजात २००।०० सेकेल
      (साईप्रसमा रहनुहुने नेपाली नागरिकहरुका लागि अ.ड. ५०।०० शुल्क लाग्नेछ। आवश्यक रकम तथा कागजातहरु साईप्रसका लागि नेपालका अवैतनिक वाणिज्यदूतावासमा पेश गर्नुपर्नेछ।)
  1. आम्दानी सम्बन्धी प्रमाणीकरण

 ईजरायलमा कार्यरत रहंदा कामसंग सम्बन्धित क्षेत्रबाट प्राप्त आयको प्रमाणीकरण गर्न दुतावासमा निवेदन दिंदा निम्न बमोजिमका कागजात पेश गर्नु पर्नेछ ।

    • आफुले मासिक रुपमा प्राप्त गर्ने आम्दानीका वारेमा खुलाइ रोजगारदाता वा एजेन्सीले दिएको कागजातको सक्कल र प्रतिलिपि ।
    • रोजगारदाता र एजेन्सीको सम्पर्क इजरायली परिचय पत्र नं लगायतका विवरण समावेश गरी निवेदकको निवेदन
    • राहदानी सक्कल र प्रतिलिपि तथा इजरायलमा कार्यरत रही मासिक आम्दानी भएको जनाउन पुष्टि गर्ने भिसाको प्रतिलिपि ।
    • शुल्क सेकेल- २००।०० ।
      (साईप्रसमा रहनुहुने नेपाली नागरिकहरुका लागि अ.ड. ५०।०० शुल्क लाग्नेछ। आवश्यक रकम तथा कागजातहरु साईप्रसका लागि नेपालका अवैतनिक वाणिज्यदूतावासमा पेश गर्नुपर्नेछ।)
  1. श्रमीक हकहीत लगायत श्रमिक हक सम्बन्धी वा अध्यागमन वा फौजदारी लगायतका समस्यामा सहयोगको लागि पहलका लागि देहायका कागजातहरु पेश गर्नुपर्नेछ ।
  • समस्याको विवरण-

१  रोजगारदाताले तलव सुविधा नदिएको / कामबाट निकालेको/ दुर्व्यवहार गरेको/ चोरी

२ कूटपिट वा अन्य आरोप लगाएको —————————-

३ लेन देन ठगी आदि समस्या ———————————–

४ इमिग्रेशन सम्बन्धी———————————–

५ अन्य भए उल्लेख गर्ने —————–

  • समस्याको छोटकरी तथा स्पष्ट विवरण अलग्गै सादा पानामा खुलाउनु पर्नेछ ।

आवश्यक कागजातहरु

१ नेपाली राहदानीको सक्कल र प्रतिलिपि

२ नेपाली नागिरकताको प्रमाणपत्रको सक्कल वा प्रतिलिपि

३ रोगगारदातासंग गरेको कामको करार संझौताको प्रतिलिपि

४ दूतावासको ढांचामा निवेदन

५ अन्य भए खुलाउन सकिने ।