Travel Documents

यात्रा अनुमतीपत्र (Travel Document)
क- साधारण
साईप्रसमा रहेका कुनै नेपाली नागरिकको राहदानी हराएको वा नष्ट भएको र तुरुन्तै नेपाल फर्कन आवश्यक भएको कारण जनाई सम्बन्धित व्यक्तिले यात्रा अनुमती पत्र प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया पूरा गरी अवैतनिक वाणिज्यदूतावास, साईप्रसमार्फत राजदूतावासमा निवेदन दिएमा नियम बमोजिम यात्रा अनुमतीपत्र जारी गर्न सकिने छ । यसका लागि थप देहायका कागजातहरु तथा शुल्क समावेश गरिएको हुनुपर्नेछ ।

  • राहदानी हराएको वा नष्ट भएको प्रमाण सहित निवेदन / प्रहरी प्रतिवेदन  ।
  • नेपाली नागरिकताको सक्कल तथा प्रतिलिपि
  • एक प्रति भरिएको राहदानी फाराम
  • हालसालै खिचिएका ३ प्रति पासपोर्ट साइजका फोटाहरु
  • शुल्क : सेकेल २००।००

ख – नावालकका लागि ( एकतर्फि एकपाने )
साईप्रसमा रहेका नेपाली बाबु र आमाबाट उक्त देशमा जन्म भएका नावालकको राहदानी नभएकोले निजलाइ बाबु र आमाका साथ तुरुन्तै नेपाल फर्कन आवश्यक भएको कारण जनाई बच्चाका आमा बाबुले यात्रा अनुमती पत्रको लागि आवश्यक प्रक्रिया पूरा गरी राजदूतावासमा निवेदन दिएमा नियम बमोजिम एकतर्फी यात्रा अनुमतीपत्र जारी गर्न सकिने छ । यसका लागि देहायका कागजात समावेश गरिएको हुनुपर्नेछ ।

आवश्यक कागजात

  • अभिभावकको निवेदन सहीत बच्चाको नावालक प्रमाणपत्र वा सो नभएमाआमा र वावुको नाम समावेश भएको बच्चाको जन्मदर्ताको सक्कल प्रमाणपत्र र प्रतिलिपि ।
    ·  आमा वावुको बिबाह दर्ता प्रमाणपत्र तथा राहदानीको सक्कल तथा प्रतिलिपि ।
    – बिबाहदर्ता प्रमाणपत्र नभएको अवस्थामा निजहरुबीच बैबाहिक सम्बन्ध कायम भएको पुष्ट्याउने मिति स्थान खुलाइएको सम्बन्धित स्थानीय निकायको वा जिल्ला प्रशासन कार्यालयको सिफारिश ।
  • अस्पतालमा जन्मेको भए अस्पतालबाट जारी जन्म दर्ता प्रमाणपत्र ।
  • बच्चाको हालसालै खिचिएको३ प्रति पासपोर्ट साइजका फोटाहरु र बच्चालाई दूतावासमा फोटो प्रमाणित गर्न संगै ल्याउनुपर्ने।
  • बाबु र आमाको नेपाली नागरिकता प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि
  • बच्चाका तर्फदेखि भरिएको एक प्रति राहदानी फाराम

शुल्क ५०।०० अ.ड.(ईजरायलमा रहनुहुनेका लागि शुल्क सेकेल २००।००)