त्रिभुवन विश्वविद्यालय (TU) र Tel Aviv University (TAU) बीच एक वृहत् तथा ऐतिहासिक भर्चुअल अन्तर्क्रिया सम्पन्न

ईजरायलमा रोजगारीको अवसरलाई निक्कै सुरक्षित एवं आकर्षक मानिएको तथा ईजरायली प्रविधि संसारकै उत्कृष्ट मध्येको एक रहेको सन्दर्भमा दूतावासको ध्यान बढी मात्रामा यिनै २ क्षेत्रमा केन्द्रित हुँदै आएको भएपनि नेपाल – ईजरायल द्विपक्षीय सम्बन्धका समग्र आयामहरुमा नै दूतावासले काम गरिरहेको छ।

दुई देश बीच शिक्षा र स्वास्थ्यको क्षेत्रमा बढ्दो सहकार्य यसैका प्रमाण हुन्। शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ईजरायलले अवलम्बन गरेको पद्दति नेपाल जस्ता विकासोन्मुख मुलुकका लागि साँच्चिकै अनुकरणीय छन्।यही व्यवहारिकतालाई वोध गर्दै दूतावास पछिल्लो समय ईजरायलसँग उपरोक्तानुसारका आर्थिक – सामाजिक क्षेत्रमा सहकार्यका बाटाहरु पहिल्याउन प्रयत्नरत छ।

नेपाल र ईजरायलबीच शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहकार्यका सम्भावित उपायहरु खोजी गर्ने क्रममा केही समय अघि महामहिम राजदूत डा. अन्जान शाक्यज्यू सहितको टिमले ईजरायलको Tel Aviv University का विभिन्न विभागहरुको भ्रमण गरी विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध शाखा र एसिया शाखाका प्राध्यापक/पदाधिकारीहरुसँग छलफल गरेसँगै सहकार्यको ठोस प्रयासस्वरुप नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालय – त्रिभुवन विश्वविद्यालय (TU) र ईजरायलको सबैभन्दा ठूलो विश्वविद्यालय – Tel Aviv University (TAU) बीच एक समझदारीपत्र  (Memorandum of Understanding -MoU) मा हस्ताक्षर गरी तदनुरुप शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा सहयोग आदान-प्रदान गर्ने दिशामा महत्वपूर्ण प्रगति भइरहेको छ।

त्रिभुवन विश्वविद्यालय  र तेल अबिब विश्वविद्यालयस्तरमा हस्ताक्षर हुन लागेको छाता समझदारीपत्रका अतिरिक्त दुई विश्वविद्यालयका विभिन्न संकाय/विभागस्तरमा समेत विशिष्टीकृत रुपमा छुट्टाछुट्टै समझदारीपत्रहरुमा हस्ताक्षर गर्ने सोच अनुरुप नेपालको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ क्याम्पस र तेल अबिब विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबीच भर्चुअल माध्यमबाट समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भइसकेको छ।


उल्लेखित संकायहरुबीच पछिल्ला दिनहरुमा भइरहेको सघन छलफलको निरन्तरतास्वरुप हालै एक वृहत् तथा ऐतिहासिक भर्चुअल अन्तर्क्रिया सम्पन्न भएको छ।ईजरायल – नेपाल मैत्री संस्थाका अध्यक्ष Mr. Nadav Ben Yehuda द्वारा संयोजित उक्त कार्यक्रममा महामहिम राजदूत डा. अन्जान शाक्यसहित त्रिभुवन विश्विद्यालय, पुल्चोकइन्जिनियरिङ क्याम्पसबाट Prof. Dr. Jagat Bahadur Shrestha नेतृत्वको टिम, Tel Aviv University बाट Prof.BruriaAdini नेतृत्वको टिम, दुबै पक्षका Faculties & Students तथा दूतावासकाद्वितीय सचिव श्री अर्जुन घिमिरे लगायत ५० जना भन्दा बढीको उपस्थिति रहेको थियो।

३ घण्टासम्म चलेको सो कार्यक्रमको एक प्रमुख विषयका रुपमा नेपाली पक्षबाट वि.सं २०७२ को भूकम्पको अनुभवसम्बन्धी विस्तृत प्रस्तुति राखिएको थियो भने महामहिमज्यूका अतिरिक्त दुई विश्वविद्यालयका प्राध्यापक विद्यार्थी लगायत विभिन्न व्यक्तित्वहरुले आ-आफ्ना भनाई राख्नुभएको थियो।

कार्यक्रममा बोल्दै महामहिमज्यूले दुई विश्वविद्यालयबीच पछिल्लो समय सम्बन्ध बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयो।नेपाल र ईजरायलबीच क्रमशः संसारको सबैभन्दा अग्लो र सबैभन्दा होचो भू-भागको अवस्थितिका कारण विशेष सम्बन्ध रहेको उल्लेख गर्दै महामहिमज्यूले यस्ता कार्यक्रमबाट दुबै पक्ष लाभान्वित हुने र विश्वविद्यालयस्तरीय सहकार्यलेदुई देश बीचको झाङ्‍गिँदो सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो। समझदारीपत्रमा हस्ताक्षरसँगै दुई विश्वविद्यालयबीच खासगरी विपद व्यवस्थापन, प्रकृति संरक्षण र दिगो विकासको क्षेत्रमा सहयोग आदान-प्रदान हुने देखिन्छ।

महामहिम राजदूत डा. अन्जान शाक्यज्यूको नेतृत्वमा दूतावासको यस पहललाई सार्थक तुल्याउनमा निरन्तर रुपमा सक्रिय र समन्वयकारी सहयोगगर्नुहुने नेपालका असल मित्र ईजरायली नागरिक Mr. Nadav Ben Yehuda प्रति दूतावास परिवार विशेष हिसावले कृतकृत्य छ।