ईजरायलमा रहनुभएका नेपालीहरुका लागि जानकारी

ईजरायलमा रहनुभएका नेपालीहरुका लागि जानकारी

• ईजरायलमा Health Insurance विना स्वास्थ्य सेवा निकै महँगो हुने भएकाले Health Insurance अनिवार्यप्रायः छ।
• विदेशीहरुले विमा गर्दा निजी विमा कम्पनी मार्फत् गर्नुपर्ने हुन्छ। National Health Insurance ले ईजरायली नागरिकका लागि मात्रै विमा गर्ने गर्दछ।
• Harel, Menora, Ayalon जस्ता इजरायली निजी विमा कम्पनीहरुले Clalit, Leumit, Meuhedet जस्ता स्वास्थ्य कम्पनी मार्फत् सेवा दिइरहेका छन्।
• सामान्यतया रोजगारदाताले निजी विमा कम्पनीमा विमा गराई पैसा भुक्तान गर्ने गर्दछ। यदि कसैले साविकको काम छाडेर नयाँ रोजगारदातासँग काम गर्न थाल्नुभएको छ र भिसा बाँकी नै छ भने आफूले पैसा भुक्तान गरी पुरानै कम्पनीसँगको विमालाई निरन्तरता दिन सक्नुहुने छ।
• यदि तपाइँहरुको भिसाको म्याद गुज्रिसकेको छ भने Tourist को रुपमा स्वास्थ्य विमा गर्न पाउनु हुन्छ।
• यी विमा कम्पनीको नजिकको शाखामा आफैँले सम्पर्क गरेर, विमा एजेण्टमार्फत् वा Hakeren, Kav LaOved, Physicians for Human Rights जस्ता इजरायली NGO मार्फत् यी कम्पनीहरुलाई सम्पर्क गरी विमा गर्न सक्नु हुनेछ। (थप जानकारी आवश्यक परेमा दूतावासको hotline मा सम्पर्क गर्नुहोला।)
• ईजरायल सरकारले कोरोना संक्रमणको यो विशेष परिस्थितिमा आफ्ना नागरिक र विदेशी नागरिकलाई (भिसाको म्याद भएका/नभएका तथा विमा नभएका समेत) हस्पिटल तथा Magen David Adom (MDA) मार्फत् स्वास्थ्य उपचारको प्रतिबद्धता जनाएको छ। (MDA ईजरायलमा स्थापित विभिन्न पृष्ठभूमि धर्म वा सम्प्रदायका स्वयंसेवी व्यक्तिहरु सम्मिलित एक यस्तो संस्था हो जसले संकटको समयमा तत्काल प्रतिक्रिया जनाउने तथा जीवन बचाउने पवित्र कार्य गर्दछ)। त्यसैले कोरोना संक्रमणका सन्दर्भमा कुनै पनि legal status नभएकाहरुले विमा नभएकै तथा भिसाको म्याद सकिएकै कारण आत्तिनु पर्ने अवस्था देखिँदैन।
• यदि तपाइँलाई कोरोनाको कुनै शंका लागेको छ वा कुनै लक्षण देखिएको छ भने तुरुन्तै १०१ मा कल गरी जानकारी गराउनु होला वा तुरुन्त नजिकैको अस्पतालको ईमर्जेन्सीमा सम्पर्क गर्नुहोला। चेकजाँच गर्न आउने, होम आइसोलेसनमा बस्ने वा क्वारेन्टाइनमा पठाउने वा हस्पिटलमा राख्ने जस्ता विषयको निर्णय MDA ले गर्नेछ र सोही अनुसार प्रक्रिया अगाडि बढाउनेछ। यस क्रममा कुनै पनि खर्च व्यहोर्नुपर्ने छैन।
• यदि तपाइँहरुलाई होम आइसोलेसनमा बस्नुपर्ने भयो, रोजगारदाताको घरमा बस्न नमिल्ने, अपार्टमेन्ट धेरै जनाले शेयर गरेकाले तथा अन्य कारणले बस्न नमिल्ने अवस्था भए सो बारेमा पनि MDAको १०१ र स्वास्थ्य मन्त्रालयको *५४०० मा कल गर्नुहोला, उनीहरुले वैकल्पिक व्यवस्था गरिदिने जानकारी प्राप्त भएको छ।
• ईजरायलमा रहनुभएका नेपालीहरु (Legal status मा नभएका समेत) लाई हालको परिस्थितिमा ईजरायल सरकार वा दूतावाससँग नलुक्न/नछिप्न, नडराउन र अगाडि आउन दूतावास हार्दिक अपिल गर्दछौं। यस संकटको घडीमा कुनै पनि व्यक्तिलाई विमा नभएकै वा भिसाको म्याद सकिएकै कारण सरकारले कारवाही नगर्ने व्यहोरा समेत जानकारी गराउन चाहन्छौं। तर, दूतावास तथा ईजरायली स्वास्थ्य मन्त्रालयले यसअघि जारी गरेका सुरक्षाका उपायहरु अपनाउन, सरकारले जारी गरेका सूचनाका बारेमा जानकार हुन र नियम पालना गर्नुहुन पुनः हार्दिक अनुरोध गर्दछौं। यतिबेला सहयोगी हुन सक्ने केही NGO हरूको नाम तथा सम्पर्क नं यसैसाथ संलग्न गरिएको छ।

डा. अन्जान शाक्य
राजदूत
तथा नेपाली राजदूतावास परिवार, तेल अबिब।

इजरायलमा रहेका नेपालीहरुलाइ आबश्यक पर्न सक्ने र सहयोग पुराउन सक्ने केही एनजिओहरु :
1. Foreign Workers in Israel: Aid Center Phone: 03-5602530 – 1700-707-889, Email: info@hotline.org.il
2. Kav LaOved: Phone: 073-2905982 – 03-6883766 Email: Information@kavlaoved.oro.il
3. Latet: Call us from Israel *6833, extension-139
4. Physicians for human rights: Phone: 03-5133120,
5. Unitaf Org: Email: info@unitaf.org
6. Hakeren: Phone: 02-6707340, Email: dover@kkl.org.il
7. CIMI: Phone: 02-589-9666, https://www.cimi.org.il/contact
8. Mobileye: Phone: 02-5417333