अत्यन्तै जरुरी सूचना:

अत्यन्तै जरुरी सूचना:

दूतावासका यसअघिका सूचनाहरुद्वारा साईप्रस र ईजरायलबाट नेपालीहरुलाई स्वदेश फर्काउने उद्देश्यले २९ र ३० जुनका लागि तय भएका (पछि दुवै उडानहरु ३० जुनका लागि तय भएका)दुबै उडानहरु रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गर्दछौं।

उडानको ७ दिन अघि अर्थात् २४ जुन २०२० देखि कोरोना परिक्षण (PCR & RDT) गर्न भनिएकोमा हालका लागि उक्त परीक्षणहरु नगर्न हार्दिक अनुरोध गर्दछौं। यसबाट पर्न गएको असुविधा प्रति दूतावास क्षमाप्रार्थी छ।

यहाँहरुका समस्याबारे दूतावास अत्यन्त सम्बेदनशील छ। यसकारण, तत्काल अन्य एयरलाइन्ससँग छलफल समेत शुरु भइसकेको छ, उडानको मिति र समयतालिका निश्चित भएपछि यथाशीघ्र प्रकाशन गर्नेछौं।

नेपाली राजदूतावास, तेल अविव।