Passport

राहदानी (MRP)

  साइप्रसमा बैदेशिक रोजगारको सिलसिलामा वा अध्ययन लगायत अन्य विभिन्न पेशासंग आवद्द भई बसोबास गरीरहनु भएका नेपाली नागरिकहरुको राहदानीको म्याद छ महिनाभन्दा कम भएमा, म्याद सकिएमा, हराएमा वा च्यातिएमा आवश्यक कागजातहरु तथा तोकिएको शुल्क राजदूतावासमा बुझाएपछि दूतावासबाट नयां राहदानी जारी हुनेछ ।  मिति २०६७ पौष ११ ( Dec 26, 2010) देखि नेपालले मेशिन रिडेवल पासपोर्ट जारी गर्न शुरु गरेको एवं हस्तलिखित राहदानी प्रयोग गरेर २४ नोभेम्बर २०१६ देखि विदेश यात्रा गर्न नपाईने भएकोले अब उप्रान्त मेशिन रिडेबल राहदानी बनाउनुपर्ने हुन्छ । MRP (Machine Readable Passport) का लागि दुतावासमा रितपूर्वक भरी प्राप्त भएका राहदानी फारामहरु नेपालको राहदानी विभागमा पठाईने छ । नेपालबाट राहदानी तयार हुन झण्डै ६ देखि ८ हप्ता लाग्ने र तयार भई दूतावासमा आइसकेपछि वितरण गरिने छ ।

पेश गर्नु पर्ने आवश्यक कागजातहरु

राहदानीको लागि नेपालको राहदानी विभागको वेवसाइटमा  http://nepalpassport.gov.np/ गई त्यहां उल्लेख गरिए अनुसारको फाराम  भरी रितपूर्वकको फोटो टांस गरी तीन प्रति भरिएको फाराम दूतावासमा बुझाउने ।

  • फाराममा हस्ताक्षर गर्ने खण्डमा कालो मसीले आफ्नो हस्ताक्षर गरी निर्दिष्ट स्थानमा ल्याप्चे लगाएको हुनुपर्ने ।
  • पुरानो राहदानीको सक्कल तथा प्रतिलिपि ।
  • नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि ।
  • हालै खिचिएको पासपोर्ट साइजका ३ प्रति रंगिन फोटाहरु / फोटाहरु किनारा नभएको-अनुहारको भागले सम्पूर्ण फोटोको ७० देखि ८० प्रतिशत भाग कभर गरेको र दुवै कान स्पष्ट देखिने हुनुपर्दछ ।
  • शुल्क १५० अमेरिकी डलर
  • नया राहदानीका लागि नेपाली राजदूतावास तेल अबिबका नाममा प्राप्त हुने गरी बैंक वा मनि ट्रान्स्फर कम्पनीमार्फत १५० अमेरिकी डलर पठाउनु पर्नेछ र सो को जानकारी दूतावासलाई टेलिफोन वा इमेल मार्फत गराउन सकिने छ । कागजातहरु दूतावासमा पठांउँदा माथि उल्लिखित कागजातहरुमा साइप्रसस्थित नेपाली अवैतनिक बाणिज्यदूताबासबाट प्रमाणीत गराइ कुरीयरमार्फत पठाउनुपर्ने छ । उक्त कुरीयरका साथमा राहदानीका लागि पठाएको शुल्कको भौचर वा कुपन नं समेत समावेश गरिनुपर्ने हुन्छ ।

 हराएको राहदानीको सट्टामा नयां राहदानी जारी

 आफ्नो राहदानी हराएमा हराएको राहदानीको सम्पूर्ण विवरण उल्लेख गरी नजिकको प्रहरी कार्यालयमा सूचना गरेपछि प्रहरी प्रतिवेदन सहित नयां राहदानी लिन चाहिने सम्पूर्ण कागजातहरु ( माथि नं १ मा उल्लेख गरिए अनुसार) आफै राजदूतावासमा पेश गर्नूपर्ने छ । राजदूतावासले आवश्यक छानविन गरी हराएको राहदानीको सट्टामा नयां राहदानीका जारी गर्ने व्यबस्थाका लागि नेपालमा पठाइने छ । छानविनको निमित्त एक निश्चित अवधि तोकिने छ जसमा यस अघिको राहदानी जारी गर्ने निकायसंग हराएको राहदानीका सम्बन्धमा थप जानकारी उपलव्ध गराउन अनुरोध गरिने र सोको जवाफ प्राप्त भएपछि प्रक्रिया अगाढि बढाईने छ ।

हराएको वा पाना च्यातिएको वा केरमेट गरी राहदानीमा क्षति पुगी नयांका लागि आवेदन गर्दा दोव्वर शुल्क लाग्नेछ ।

बच्चाको राहदानी

 नेपालको राहदानी सम्बन्धी नयां व्यवस्था अनुसार नावालकले समेत राहदानी वा यात्रा अनुमतिपत्र लिएर मात्र यात्रा गर्न सक्ने व्यवस्था भएकोले बच्चाको राहदानी वा यात्रा अनुमतिपत्रका लागि निम्न बमोजिमका कागजातहरु पेश गर्नुपर्नेछ ।

रितपुर्वक भरेको फाराम  ३ प्रति ।

  • अभिभावकको निवेदन ।
  • बच्चाको नावालक प्रमाणपत्र ।
  • आमा वावुको बिबाह दर्ता प्रमाणपत्र तथा राहदानीको सक्कल तथा प्रतिलिपि
  • आमा वावुको नाम समावेश भएको बच्चाको जन्मदर्ताको सक्कल प्रमाणपत्र र प्रतिलिपि
  • बच्चाको हालसालै खिचिएको ५ प्रति पासपोर्ट साइजका फोटाहरु ।
  • शुल्क: अमेरिकी डलर १५०।