- कागजात प्रमाणीकरण
नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गरिएको कागजातहरु सम्बन्धितलाई आवश्यक परेमा यस राजदूतावासबाट प्रमाणीकरण गरिने छ । सो का लागि निम्नानुसारका कागजात पेश गर्नुपर्ने छ ।साथै यस दूतावासबाट उक्त कागजातको आधिकारिकता बुझेपश्चात मात्र प्रमाणीकरण गरिनेछ ।
-
- कुन कुन कागजात प्रमाणित गर्ने हो सो उल्लेख गरिएको निवेदन
- प्रमाणीकरण गर्नुपर्ने परराष्ट्र मन्त्रालयबाट प्रमाणित हरेक कागजातको सक्कल तथा प्रतिलिपि ।
- शुल्क प्रति कागजात २००।०० सेकेल
(साईप्रसमा रहनुहुने नेपाली नागरिकहरुका लागि अ.ड. ५०।०० शुल्क लाग्नेछ। आवश्यक रकम तथा कागजातहरु साईप्रसका लागि नेपालका अवैतनिक वाणिज्यदूतावासमा पेश गर्नुपर्नेछ।)
- आम्दानी सम्बन्धी प्रमाणीकरण
ईजरायलमा कार्यरत रहंदा कामसंग सम्बन्धित क्षेत्रबाट प्राप्त आयको प्रमाणीकरण गर्न दुतावासमा निवेदन दिंदा निम्न बमोजिमका कागजात पेश गर्नु पर्नेछ ।
-
- आफुले मासिक रुपमा प्राप्त गर्ने आम्दानीका वारेमा खुलाइ रोजगारदाता वा एजेन्सीले दिएको कागजातको सक्कल र प्रतिलिपि ।
- रोजगारदाता र एजेन्सीको सम्पर्क इजरायली परिचय पत्र नं लगायतका विवरण समावेश गरी निवेदकको निवेदन
- राहदानी सक्कल र प्रतिलिपि तथा इजरायलमा कार्यरत रही मासिक आम्दानी भएको जनाउन पुष्टि गर्ने भिसाको प्रतिलिपि ।
- शुल्क सेकेल- २००।०० ।
(साईप्रसमा रहनुहुने नेपाली नागरिकहरुका लागि अ.ड. ५०।०० शुल्क लाग्नेछ। आवश्यक रकम तथा कागजातहरु साईप्रसका लागि नेपालका अवैतनिक वाणिज्यदूतावासमा पेश गर्नुपर्नेछ।)
- श्रमीक हकहीत लगायत श्रमिक हक सम्बन्धी वा अध्यागमन वा फौजदारी लगायतका समस्यामा सहयोगको लागि पहलका लागि देहायका कागजातहरु पेश गर्नुपर्नेछ ।
- समस्याको विवरण-
१ रोजगारदाताले तलव सुविधा नदिएको / कामबाट निकालेको/ दुर्व्यवहार गरेको/ चोरी
२ कूटपिट वा अन्य आरोप लगाएको —————————-
३ लेन देन ठगी आदि समस्या ———————————–
४ इमिग्रेशन सम्बन्धी———————————–
५ अन्य भए उल्लेख गर्ने —————–
- समस्याको छोटकरी तथा स्पष्ट विवरण अलग्गै सादा पानामा खुलाउनु पर्नेछ ।
आवश्यक कागजातहरु
१ नेपाली राहदानीको सक्कल र प्रतिलिपि
२ नेपाली नागिरकताको प्रमाणपत्रको सक्कल वा प्रतिलिपि
३ रोगगारदातासंग गरेको कामको करार संझौताको प्रतिलिपि
४ दूतावासको ढांचामा निवेदन
५ अन्य भए खुलाउन सकिने ।