राष्ट्रिय आर्थिक गणना २०८२
A.D.:
Nepal Samvat: 1146 CHAULAGA PANCHAMI - 20
यात्रा अनुमतीपत्र (Travel Document)
क- साधारण
साईप्रसमा रहेका कुनै नेपाली नागरिकको राहदानी हराएको वा नष्ट भएको र तुरुन्तै नेपाल फर्कन आवश्यक भएको कारण जनाई सम्बन्धित व्यक्तिले यात्रा अनुमती पत्र प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया पूरा गरी अवैतनिक वाणिज्यदूतावास, साईप्रसमार्फत राजदूतावासमा निवेदन दिएमा नियम बमोजिम यात्रा अनुमतीपत्र जारी गर्न सकिने छ । यसका लागि थप देहायका कागजातहरु तथा शुल्क समावेश गरिएको हुनुपर्नेछ ।
https://giwmscdnone.gov.np/media/files/td%201_orreedq.pdf
ख - नावालकका लागि ( एकतर्फि एकपाने )
साईप्रसमा रहेका नेपाली बाबु र आमाबाट उक्त देशमा जन्म भएका नावालकको राहदानी नभएकोले निजलाइ बाबु र आमाका साथ तुरुन्तै नेपाल फर्कन आवश्यक भएको कारण जनाई बच्चाका आमा बाबुले यात्रा अनुमती पत्रको लागि आवश्यक प्रक्रिया पूरा गरी राजदूतावासमा निवेदन दिएमा नियम बमोजिम एकतर्फी यात्रा अनुमतीपत्र जारी गर्न सकिने छ । यसका लागि देहायका कागजात समावेश गरिएको हुनुपर्नेछ ।
आवश्यक कागजात
शुल्क ५०।०० अ.ड.(ईजरायलमा रहनुहुनेका लागि शुल्क सेकेल २००।००)
https://giwmscdnone.gov.np/media/files/td2_p7yccpb.pdf