NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चिल्लाथ्व एकादशी - ११

परिचय

नेपाल र इजरायलबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भयो। इजरायली सरकारले सन् १९६१ मा काठमाडौँमा आवासीय नियोग स्थापना गर्यो। इजरायलको तेलअभिभमा आवासीय नियोग खुल्नु अघि रहेको नेपाली राजदूतावास, इजिप्टको सहप्रमाणिकृत मुलुकको रुपमा रहेको थियो। ऐतिहासिक जनआन्दोलन २००६ को सफलतापछि गठन भएको नेपाल सरकारले इजरायलमा आवासीय दूतावास स्थापना गर्ने निर्णय गरेपश्चात् इजरायलको तेल अबिबमा सन् २००७ अगष्ट १३ मा नेपाली राजदूतावास स्थापना भयो।

सहप्रमाणिकृत मुलुक:

यस राजदूतावासको सहमप्रमाणिकृत मुलुक साइप्रस गणराज्य समेत रहेको छ ।