Regarding Repatriation Flight to Nepal

ईजरायल र साईप्रसमा नेपालबाट जुन २९ मा हुने तय भएको साईप्रस-ईजरायल-साईप्रस-काठमाडौं उडानको समय प्राविधिक कारणले केही घण्टा हेरफेर भई जुन ३० मा हुने भएको छ। तर जुन ३० का लागि तय भएको काठमाडौं-साईप्रस-काठमाडौं सीधा उडान यथावतै हुनेछ।

यसअघि प्रकाशित सूचीमा नाम भएका बाहेक पनि फर्कनैपर्ने अवस्थाका कोही छुट्नुभएको भए उडान हुनुभन्दा १ हप्ता अगाडि सम्म दूतावासमा त्यस बारेमा जानकारी आएको खण्डमा समेट्न प्रयास गरिनेछ।

दुबै उडानको लागि टिकट २५ जुनभित्र लिइसक्नु पर्नेछ।

मिति २०२० जुन १६ मा प्रकाशित सूचनामा नेपाल फिर्तीका लागि सूचीमा नाम उल्लेख भएका महानुभावहरुले टिकट बुकिङका लागि नेपाल एअरलाइन्सले तोकेको अधिकृत टिकट एजेन्सी सुरुची ट्राभल्स एण्ड टुरस प्रा. लि.का निम्न सम्पर्क नम्बर तथा ईमेलमा सम्पर्क गर्नुहोला।
Phone/Viber/WhatsApp/imo
1.Anish Nepal: 9851047187,
2.Sagun Shrestha : 9841412158,
3. Sapan Tara Shakya: 9841284144,
4.Govinda Manandhar: 9841449816,
5.Renu Kumari Bajracharya, 9851024020,
6.Kamal Bhattarai:9851099781& 9801199781
Email: info@suruchitravels.com
kamal@suruchitravels.com

केही जिज्ञासा भए दूतावासमा सम्पर्क गर्नुहोला।
टेलिफोन/ईमेलः ०३-५१००१११/nepal.embassy@012.net.il
अर्जुन घिमिरे -फोनः ००९७२५२८२८९३००
प्रदीप सागर गिरी -फोनः ००९७२५४३३०६०७०

नेपाली राजदूतावास, तेलअबिब।