COVID 19 को बारेका माननीय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीज्यू तथा माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवज्यूको ईजरायल, दक्षीण अफ्रिका, मलेसिया, जापान, दक्षिण कोरियाका नेपाली नियोग स्थीत महामहिम राजदूतहरू तथा नियोग प्रमुखहरूसँग भएको भिडियो कन्फ्रेन्सको बारेमा प्रेस विज्ञप्ती।

प्रेसविज्ञप्ति परराष्ट्र मन्त्री माननीय श्री प्रदीपकुमार ज्ञवालीले आज मलेशिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिका स्थित नेपाली नियोगप्रमुखहरूसँग COVID 19 सङ्क्रमणको स्थिति, ती मुलुकहरूमा रहेका नेपालीको अवस्था, कोरोना सङ्क्रमणले अर्थव्यवस्थामा पार्नसक्ने असर तथा सोबाट नेपालीहरूको रोजगारीमा पर्ने सम्भावित प्रभाव जस्ता विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्नुभयो । सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री रामेश्वर राय यादवको