सार्वजनिक सूचना

सार्वजनिक सूचना!

कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट सिर्जित असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको निर्णयबमोजिम साईप्रसबाट नेपाल फर्कन लाग्नुभएका नेपालीहरुलाई निम्न जानकारी गराउने उद्देश्यले यो सूचना प्रकाशित गरिएको छ:

१) यस अघि जुन ३० मा नेपाल-साईप्रस बीच सीधा उडान हुने भनिएको नेपाल एअरलाइन्सको उडान रद्द भएकोमा उक्त उडानको सट्टा कतार एअरलाईन्सको उडान जुलाई ३, दिउँसो २ बजे साईप्रसको Larnaca International Airport मा land गर्ने तय भएको छ। कतार एअरलाइन्सको यस उडानमार्फत् साईप्रसबाट फर्कनुहुने नेपालीहरुको नामावली प्रकाशित गरिएको छ। (संलग्न सूची : https://drive.google.com/drive/u/1/folders/1VeBrVnhVEsN5eaThmnSGKWvwgY_pQEKz मा नाम भएकाहरुले आवश्यक तयारी गर्नुहोला। जुन ३० सम्म टिकट काटिसक्नुपर्नेछ, फर्कनुहुनेको थप संख्या प्राप्त भएको खण्डमा ३० जुन पश्चात् अर्को सुची प्रकाशन गरिनेछ)।

२) भाडादर साविक बमोजिम नै [साईप्रसका लागि ६४०।०० युरो (७३० अ.ड.)] रहेको छ। सूचीमा नाम प्रकाशित भएकाहरुले नेपालस्थित आफ्ना आफन्तमार्फत् हवाई टिकट काट्ने व्यवस्था मिलाउनुहोला, टिकटका लागि कतार एअरलाइन्सको अधिकृत विक्रेता Sea Links Travels का निम्नलिखित व्यक्तिहरूसँग सम्पर्क गर्नुहोला। (Viber र Whatsapp मा समेत उपलब्ध)

राम सापकोटा, फोन नं.- 9801093732
सबिना मानन्धर, फोन नं.- 9801093762
बिशिष्ट कोईराला, फोन नं.- 9801093735
सुष्मा लामा, फोन नं.- 9801093739
महिन्द्र सुवेदी, फोन नं.- 9801093797
दिनेश हुमागाईँ, फोन नं.- 9801093731
जगेन्द्र पौडेल, फोन नं. – 9801093738
Email: sealinkstt@gmail.com

बैङ्क खाता विवरण:

Global IME Bank Ltd
Account Name: SEA LINKS TRAVELS P. LTD
Account Number: 0201010001220
NEW ROAD Branch

३) अन्तर्राष्ट्रिय हवाई उडानबाट स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अघि बढीमा ७ दिन अगाडि परीक्षण भएको कोभिड संक्रमण मुक्त प्रमाण (पी. सी. आर. वा आर. डि. टी. परीक्षण रिपोर्ट) साथमा राख्नुहोला। ३ जुलाईमा उडान हुने भएकाले (जुन २७ पछि गरिएको हुनु पर्ने )।

४) स्वदेश फर्कने हरेक व्यक्तिले आफ्नो स्वास्थ्य सम्बन्धी विवरण उल्लेख गरी क्वारेन्टाइनमा रहने सम्बन्धी स्व-घोषणा फारम विमानस्थलमा अनिवार्य रुपमा बुझाउनुपर्ने जानकारी प्राप्त भएकोले फारम भरेर साथमा लिनुहोला। (यो फारम ccmc.gov.np बाट डाउनलोड गर्न सकिनेछ।)

हस्तलिखित राहदानी भएको, राहदानी हराएको/च्यातिएको/कोरिएको कारण ‌प्रयोग गर्न नमिल्ने अवस्था छ भने यात्रा अनुमतिपत्रका लागि दूतावासलाई जानकारी गराउनुहोला। थप जानकारी वा कुनै जिज्ञासाका लागि दूतावासमा सम्पर्क गर्नुहोला।
टेलिफोन/ईमेलः ०३-५१००१११/ nepal.embassy@012.net.il
अर्जुन घिमिरे -फोन/WhatsApp/Viber: ०५२८२८९३००
प्रदीप सागर गिरी -फोन/WhatsApp/Viber: ०५४३३०६०७०

-नेपाली राजदूतावास, तेल अबिब, ईजरायल।