सार्वजनिक सूचना!

सार्वजनिक सूचना!

कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट सिर्जित असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको निर्णयबमोजिम ईजरायलबाट नेपाल फर्कन लाग्नुभएका नेपालीहरुलाई निम्न जानकारी गराउने उद्देश्यले यो सूचना प्रकाशित गरिएको छ:

१) यस अघि जुन ३० मा हुने भनिएको नेपाल एअरलाइन्सको उडान रद्द भएपछि साईप्रसका लागि जुलाई ३ मा हुन लागेको कतार एअरलाइन्सको उडानमार्फत् नै ईजरायलबाट स्वदेश फर्कने नेपालीहरूलाई समेत फर्काउने गरी दूतावासले आवश्यक व्यवस्था मिलाएको छ जसअनुसार जुलाई ३, बिहान १०:१५ मा Israir को उडानमार्फत् नेपालीहरुलाई ईजरायलबाट साईप्रस पुर्याउने, ११:३० मा साईप्रस पुग्ने एअरलाइन्सले नै luggage कतार एयरवेजको विमानमा transfer गर्ने र दिउँसो २ बजे उक्त विमान साईप्रसबाट दोहा हुँदै नेपालका लागि उड्ने तय भएको छ। यस उडानमार्फत् इजरायलबाट फर्कनुहुने नेपालीहरुको नामावली प्रकाशित गरिएको छ। (संलग्न सूची https://www.facebook.com/npl.embassy.tlv/posts/3923608094380944?__tn__=K-R मा नाम भएकाहरुले आवश्यक तयारी गर्नुहोला, जुलाई १ सम्म टिकट काटिसक्नुहोला)

२) साईप्रस नेपाल खण्डको भाडादर ७३० अमेरिकी डलर रहेको छ। सूचीमा नाम प्रकाशित भएकाहरुले नेपालस्थित आफ्ना आफन्तमार्फत् वा तोकिएको प्रक्रिया अपनाई हवाई टिकट काट्ने व्यवस्था मिलाउनुहोला, टिकटका लागि कतार एअरलाइन्सको अधिकृत विक्रेता Sea Links Travels का निम्नलिखित व्यक्तिहरूसँग सम्पर्क गर्नुहोला। (Viber र Whatsapp मा समेत उपलब्ध)

राम सापकोटा, फोन नं.- 9801093732
सबिना मानन्धर, फोन नं.- 9801093762
बिशिष्ट कोईराला, फोन नं.- 9801093735
सुष्मा लामा, फोन नं.- 9801093739
महिन्द्र सुवेदी, फोन नं.- 9801093797
दिनेश हुमागाईँ, फोन नं.- 9801093731
जगेन्द्र पौडेल, फोन नं. – 9801093738
Email: sealinkstt@gmail.com

बैङ्क खाता विवरण:

Global IME Bank Ltd
Account Name: SEA LINKS TRAVELS P. LTD
Account Number: 0201010001220
NEW ROAD Branch

३) ईजरायल-साईप्रस सेक्टरको टिकटका लागि विपिन मैनालीसँग सम्पर्क गर्नुहोला। (0542811585)
Israir को यो उडान टर्मिनल ३ बाट हुनेछ। यो Chartered Flight नभै व्यवसायिक उडान भएकोले यसको टिकट चाहिँ यथाशीघ्र (यथासम्भव भोलि नै) काट्नुहोला। Israir को टिकट लिएपछि मात्रै कतार एअरलायन्सको टिकट काट्नुहोला।)

४) नेपाल फर्कन दूतावासमा नाम टिपाउनुभएका सबैलाई सम्पर्क गरिएकोमा केहीको नम्बरमा सम्पर्क नभएको र केहीको फोन नउठेकाले जुलाई ३ मा जान सक्नुहुने थप कोही हुनुहुन्छ भने तुरुन्त दूतावासमा सम्पर्क गर्नु होला।

५) अन्तर्राष्ट्रिय हवाई उडानबाट स्वदेश फर्कने व्यक्तिले उडानको बढीमा ७ दिन अगाडि परीक्षण भएको कोभिड संक्रमण मुक्त प्रमाण (पी. सी. आर. वा आर. डि. टी. परीक्षण रिपोर्ट) साथमा राख्नुहोला। (३ जुलाईमा उडान हुने भएकाले जुन रिपोर्ट २७ पछिको हुनुपर्ने)
लिखित रिपोर्ट प्राप्त गर्न नसकिने भएमा Mobile/WhatsApp मा मेसेज आएकाहरुको मेसेज रुजु गरी दूतावासले “Fit for Travel” प्रमाणपत्र जारी गर्न सक्नेछ।

६) स्वदेश फर्कने हरेक व्यक्तिले आफ्नो स्वास्थ्य विवरण उल्लेख गरी क्वारेन्टाइनमा रहने सम्बन्धी स्व-घोषणा फारम त्रिभुवन विमानस्थलमा अनिवार्य रुपमा बुझाउनुपर्ने भएकोले फारम भरेर साथमा राख्नुहोला। (फारम ccmc.gov.np बाट डाउनलोड गर्न सकिने)

७) एयरपोर्टबाट पैसा लिनुपर्ने नेपालीहरुका लागि अन्य आवश्यक तयारी गरिसक्नुभयो भने शुक्रवार भएकै कारण कुनै समस्या हुने छैन। Kav La Oved ले जनाए अनुसार Sabbath को समय बाहेक एअरपोर्टको बैंक २४ सै घण्टा खुल्नेछ।

हस्तलिखित राहदानी भएको, राहदानी हराएको/च्यातिएको/कोरिएको कारण ‌प्रयोग गर्न नमिल्ने अवस्था छ भने यात्रा अनुमतिपत्रका लागि दूतावासलाई जानकारी गराउनुहोला। थप जानकारी वा कुनै जिज्ञासाका लागि दूतावासमा सम्पर्क गर्नुहोला।

टेलिफोन/ईमेलः ०३-५१००१११/ nepal.embassy@012.net.il
अर्जुन घिमिरे -फोन/WhatsApp/Viber: ०५२८२८९३००
प्रदीप सागर गिरी -फोन/WhatsApp/Viber: ०५४३३०६०७०

-नेपाली राजदूतावास, तेल अबिब, ईजरायल।