ईजरायलमा नेपाली सहायक कामदारको रोजगारीका लागि आवेदन खुल्ला भएको सूचना:

ईजरायली श्रमबजारमा नेपालीहरुको रोजगारीलाई पुन: सुचारु गर्ने हेतुले गत सेप्टेम्बरमा नेपाल सरकार र ईजरायल सरकार बीच “ईजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता” मा हस्ताक्षर सम्पन्न भएको थियो । उक्त द्विपक्षीय श्रम सम्झौतालाई मूर्तरुप प्रदान गर्दै पहिलो चरणमा ईजरायलको नर्सिङ क्षेत्र (Geriatric Centers, Hospitals, Nursing Homes, Day Care Centers, etc.) मा नेपालबाट सहायक कामदार (Auxiliary workers) ल्याउने सम्बन्धी Implementation Protocol मा गत जनवरीमा हस्ताक्षर सम्पन्न भएको थियो।

विश्वव्यापी फैलिएको कोरोनाका वावजुद ईजरायली पक्षसँग सहकार्य गर्दै आवश्यक सम्पूर्ण कार्यविधि तयार गरी सम्पर्क स्थान, आवश्यक कागजात, न्यूनतम योग्यता, अनलाईन फाराम, तथा English Language को Syllabus समेत राखी सबै प्रष्ट हुने गरी वैदेशिक रोजगार विभागले ईच्छुक व्यक्तिहरुबाट हाललाई १००० पद (७०% महिला र ३०% पुरुष) का लागि आवेदन आह्वान गरेको छ।

आवश्यक योग्यता तथा अन्य जानकारीका लागि मिति २०७८ साउन १२ गते मङ्गलबारको गोरखापत्रमा प्रकाशित सूचना हेर्नुहुन अनुरोध छ। साथै, तलको लिङ्कमा गई समेत थप जानकारी लिन सक्नुहुनेछ:

https://dofe.gov.np/DetailPage.aspx/id/189

सम्भावित उम्मेदवारहरुले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइन आवेदन फाराम भरिसक्नुपर्नेछ।

आवेदन फाराम भर्ने लिङ्क :

https://ferms.dofe.gov.np/israel/login


(फाराम भर्नु पहिले देब्रेपट्टीको हरियो बटन क्लिक गरी रजिस्टर गर्नुहोला)

फाराम भर्दा अन्यौलता भएमा तलको User Manual मा क्लिक गर्न सक्नुहुनेछ जसमा फाराम भर्ने तरिकाको बारेमा जानकारी गराईएको छ।

https://ferms.dofe.gov.np/assets/manual/User-Manual-of%20FERMS%20VER%204.0.pdf

यसका लागि ईजरायली (Hebrew) भाषाको ज्ञान अनिवार्य छैन। तर, अङ्ग्रेजी भाषाको परिक्षा (लिखित र अन्तर्वार्ता दुवै) हुनेछ। पाठ्यक्रमका लागि तलको लिङ्कमा जानुहोला :

https://dofe.gov.np/Modules/News/Document/OriginalDocument/Israel%20Syllabus.pdf

पुनश्च: यो G to G मार्फत् हुने तथा यसमा ईजरायली तथा नेपाली कुनै पनि म्यानपावर संस्था तथा एजेण्टको भूमिका नरहने भएकाले कोही पनि भ्रममा नपर्नुहुन सूचित गरिन्छ। थप जानकारीका लागि वैदेशिक रोजगार विभागको वेबसाईट www.dofe.gov.np मा क्लिक गर्नुहुन वा विभागको सम्पर्क नं. +९७७-१-४७८२६१६ मा सम्पर्क गर्नुहुन अनुरोध छ।

Dr. Anjan Shakya
राजदूत
तथा नेपाली राजदूतावास परिवार, तेल अबिब, ईजरायल।