ईजरायलको नर्सिङ क्षेत्र (Hospitals, Nursing Homes, Day care centers, etc.) मा नेपालबाट Auxiliary workers ल्याउने सम्बन्धी Implementation Protocol मा हस्ताक्षर सम्पन्न

पाल र ईजरायलबीच केही समय अघि सरकारी स्तरमा भएको द्विपक्षीय श्रम सम्झौतालाई मूर्तरुप प्रदान गर्दै पहिलो चरणमा ईजरायलको नर्सिङ क्षेत्र (Hospitals, Nursing Homes, Day care centers, etc.) मा नेपालबाट Auxiliary workers ल्याउने सम्बन्धी Implementation Protocol मा हस्ताक्षर सम्पन्न भएको छ।

नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक श्री कुमारप्रसाद दहाल र ईजरायलको तर्फबाट नेपालका लागि ईजरायली राजदूत H. E. Hanan Goder ले नेपालको श्रम मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच आज हस्ताक्षर गर्नुभएको हो।सो अवसरमा बोल्नुहुँदै महामहिम राजदूत डा. अन्जान शाक्यज्यूले ईजरायल आएदेखिको आफ्नो निरन्तरको प्रयासले निश्कर्ष प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभयो।

तत्काल ५०० नेपालीहरु ईजरायलको नर्सिङ क्षेत्रमा आउन लागेको बताउँदै वहाँले ईजरायलको विशिष्ट श्रम बजारका अन्य क्षेत्रहरु समेत क्रमशः खुला हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।हस्ताक्षर समारोहमा नेपालका माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम राया लगायत उच्च सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो।सम्पर्क स्थान, आवश्यक कागजात, न्यूनतम योग्यता सबै प्रष्ट हुने गरी वैदेशिक रोजगार विभागले छिट्टै सूचना जारी गर्नेछ। उक्त सूचना प्रकाशित भएपछि दूतावासले पनि आफ्नो वेबसाईट तथा फेसबुक पेजमार्फत सेयर गर्नेछ, कृपया Follow गर्दै गर्नुहोला।पुनश्च: यो G to G मार्फत् हुने तथा यसमा ईजरायली तथा नेपाली कुनै पनि म्यानपावर संस्था तथा एजेण्टको भूमिका नरहने भएकाले कोही पनि भ्रममा नपर्नुहुन समेत सूचित गरिन्छ।